चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा.वि लाहाचोकलाई
पाेखरा | मंसिर २८, २०७९
हेम्जा: माछापुछ्रे गाउँपालिका माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुछ्रे –४,लाहाचोकको महेन्द्र माध्यमिक विद्यालयले जितेको छ ।
पालिकाका ११ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ११ स्वर्ण ५ रजत र ३ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार , पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
यता ४ स्वर्ण ३ रजत र ३ कास्या प्राप्त गरि माछापुछ्रे मा.वि दोस्रो भएको छ । उदय मा.विले ४ स्वर्ण २ रजत २ कास्याका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार र ७ हजार ५ सय रुपया पुरस्कार पाप्त गरेका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर २५ गते देखि २७ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

